चरीको विलौना
feather icon प्रकाशन मिती: २०७२ माघ १५ गते

घनघोर जंगलको बीचमा एउटा पन्छी बन्य जन्तुहरूको बस्ती थियो । त्यसै मध्ये एक परिवार थियो पंछीको, जहाँ एक जोडी माउका दुईवटा चल्ला गरी चारवटा पन्छिरहन्थे । वरिपरि घना जंगल भएकाले चारो खोजेर आहार बटुल्न मुस्किल हुने हुँदा प्राय माउ (भाले) टाढा टाढाको फाटमा जाने गर्थे । तर ती चार पंछीको परिवारमा आहार खोजेर ल्याउने कोही थिएनन् । माउ भाले एकदमै अल्छी थियो, पोथी माउले कतैबाट व्यवस्था गरेमा मात्र पेट भर्थे । बचेरा ठूला हुदै गएका थिए, आहार पनि बढेदै गएको थियो । त्यसैले पोथी माउलाई चिन्ताले सतायो, न बस्ने गूड थियो न त आहार नै ।

पोथीले भालेलाई धेरै माया गर्थी । त्यसैले चारो खोज्न र गुड बनाउन कहिले भनिन । जसोतसो आफैले गुजारा चलाएकी थिई । एकदिन ठूलो हुरी बतास् आयो, बचेराहरूलाई पानीले भिजायो । बचेराहरू बिरामी भए नखाने चारो छ न बस्ने गुड छ । झन् पछि झन् समस्या बढ्दै जाने अवस्था देखेर पोथी चारो खोज्ने र राम्रो बासस्थान बनाउने आफ्ना परिवारलाई सुखद जीवन दिने अठोटका साथ बचेरालाई माउ भालेको जिम्मा लगाएर स–साना बचेरा आफूबाट अलग्गै पारि भुर्र उडी कोशौं टाढा पुगी । हावाहुरी जाडो गर्मी जे जस्तो परिस्थितिमा पनि आफ्ना बचेरहरूलाई ढाकेर ममताको न्यानो छहारीमा राखेकी पोथी अचानक छोडेर जाँनु पर्दा बचेराहरू आत्तिएका थिए नै भालेले पनि विछोडको नरमाइलो पीडा महशुस गरेको थियो ।

त्यो विछोडको पीडा पोथीलाई पनि सह्य थिएन । तर पनि चारो जम्मा गर्ने र सानो गुड बनाएर परिवारलाई खुसी र सुख दिने कल्पनामा रातदिन संघर्ष गर्दै गई । उसैको छिमेकी परेवा पनि चारोको खोजीमा परदेशिएको थियो एकै ठाउँमा हुनाले बेला बखत भेट गर्थे र सुख दु:ख साट्दै रुने गर्थे । परेवा बेला बखत गाउँ फर्किने गर्थ्यो उसैसँग परिवारलाई चारो पठाउने गर्थी । उता राम्रोसँग बस्ने खाने गरेका थिए । दिनहरू यसरी नै बित्दै गए । परेवाको सहायताले पोथीले जम्मा गरेको चारो र गुड बनाउने सामग्री पठाउने गर्थी भालेले अत्यन्तै सुन्दर गुड बनाएर बचेरालाई राम्रोसँग हेरचाह गरेको थियो ।

परदेशमा पोथीलाई सारै दु:ख थियो । बस्ने गुड थिएन, कैयौं पटक शिकारीले गुलेली हानेर घाइते बनाएका थिए । रगतको खोलो बगाएर भए पनि परिवारको लागि निरन्तर लागि परेकी थिई । बचेरा सम्झेर भकानिन्थी । उनैको सुखी जीवन बनाउन फेरि आफूलाई बन्दक बनाएई रातदिन खटी चारो बटुलेकी थिए । लामो समय बित्यो आफ्ना सन्तान कत्रा भए होलान् ? कस्ता भए होलान् ? त्यसै माथिको भालेको संझनाले पनि निकै सताउँथ्यो । अब त आफ्नो परिवारलाई खान र बस्न पुग्छ भन्ने लागेपछि पोथी खुशीले तरंगित हुँदै मिलनको चोखो कल्पनामा चुबुल्की मार्दै भालेसँगको सामिप्यता अनि बचेराहरूप्रतिको ममताले कता कता काउकुती र बात्सल्यता झल्कौथ्यो । यस्तै मिठा पलहरू सम्झदै भुरभुर उडेर आफ्नो गाउँ वस्ती पुगी, मनै भरि खुसीको बहार फुलाउँदै ।

यो जीवन न हो आफूले सोंचे र सम्झे जस्तो कहाँ कसलाई पो पुगेको छ र ? पोथी घर पुग्दा छायाँबाट खसेजस्तै भै आकाशले थिचे जस्तो भयो । मुटु हान्न थाल्यो, साना बचेरा अब ठुला भुरभुर उड्न सक्ने भएका थिए । पोथीले छाडेर गए लगत्तै भालेको मृत्यु भएको रहेछ र एक जहरिलो सर्पले बचेराको रेखदेख गरेको रहेछ । बचेरालाई आफू जस्तो जहरिलो बनाएको रहेछ । आफूले कोरले र सृष्टि दिएकी भए पनि सानैमा छोडेर गई । उता भालेको पनि मृत्यु भएकोले राम्रो संस्कार दिन सकेनन् । सर्पले हुर्कायो आफू जस्तो बनायो, बचेराहरूले गलत संस्कारलाई मात्र बुझे । सर्पले पोथी माउले जोडेको चारो र गुड र सबथोक बचेरा समेत हडप्यो । बचेराहरूलाई नै आमाको खिलाफ भड्काएर विरोधी बनाएको थियो । स–साना बचेरा "छोडेर गएकी होस्, तँलाई हाम्रो माया थिएन र त छोडेर गइस् । तैले छोडेको कारणले नै बाउको मृत्यु भएको हो र सर्पले पालेर आज हामीलाई जीवन दिएको । हाम्रो लागि सबथोक सर्प हुन्, त हैनस्," भनेर गुडभित्र छिर्ने अनुमति समेत दिएनन् ।

बिचरी पोथी जसको लागि पुरा जिन्दगी घाइते भएर दुख गरी, उमेर सकियो रोगी थिई बुढेसकालमा सहारा बन्ने भाले थिएन । बचेराहरूले बाउको मृत्युको कारण आफूलाई ठहराउँदै प्रत्येक बोलीमा जहर उकल्थे । पोथीलाई सही सक्नु भएन बचेरा अलग संस्कारमा परेकोले यस्तो अवस्था आयो । कसरी बास्तविकतालाई आफ्ना सन्तानको अगाडि प्रतुत गरौं ? कसरी सर्पको कब्जाबाट बाहिर निकालौं भनेर निकै चिन्तीन थिई विचार पोथी । आखिर मातृत्वको ममता हो, सन्तानप्रति कहिल्यौ गलत भावना पैदा हुंदैन । कोसिश गरिरही सर्पको नियत गलत थियो भनेर सम्झाउन तर सकिन दिमागभरि विष घोलिदिएको थियो सर्पले । जोडेको सबै गुड चारो सर्पले मेरो हो भन्यो - पोथी (आमा)ले तिमीलाई अलपत्र पारेर छोडेकी थिई । ऊ भालेको थिई, भालेको मृत्यु पछि मैले स्याहार सुसार नगरेको भए आज तिमीहरू जिउदो रहने थिएनौ ।

बिचरा कठै आमाको ममता बुझ्न नसकेर त्यही जहरिलो सर्पको फन्दामा कहिल्यै नउम्किने गरी फसे । बिस्तारै बिस्तारै पोथीले जोडेको सबै थोक सकियो सर्पले हिनामिना बनायो । जुन अवस्थामा बचेरा छोडेर गएकी थिई त्यही अवस्था सिर्जना हुन पुग्यो । उता पोथी अब कमाउने अवस्थामा छैन, शिकारीको गोलीबाट घाइते छ, आफ्नो भाग्यलाई धिकार्दै भालेलाई गाडेको चिहानमाथि थचक्क बसेकी छ । बिगत सम्झेर मुटु भकानिन्छ जुन बेला बचेराहरू साना थिए, हावा हुरी आउँदा ओथारो बसेर आफू रुझ्दै न्यानोपन दिएकी थिई, आफूले नखाएर बचेराको पेट भरेकी थिई, बस्ने गुँड खाने चारोको अभावमा पनि धेरै खुशी थिए, आफ्नाको साथ माया र आत्मीयताको बलियो बन्धनले एक परिवारलाई कसेर राखेको थियो । उनै मिठा रमाइला र प्यारा दिनहरू सम्झिदै मृत्युलाई कुरेर बसिरहेकी छ बिचरी पोथी ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016